११-२-२०८१, शुक्रबार

नेपाल एसबिआई बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई स्काईवाक टिकटमा २०% छुट

अर्थकागज
प्रकाशित: २०८१-२-१
Image description

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र वन्डर्स नेपाल प्राईभेट लिमिटेडबीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी स्काईवाक टिकटमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । सम्झौतामा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पँडा र वन्डर्स नेपालका प्रमुख कार्यकारी अधिकृत कविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका थिए । उक्त सम्झौता बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कूमार दे, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल, बागमति प्रदेशका प्रमुख बिनोद कुमार ढुंगेल र बैंक तथा वन्डर्स नेपालका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको हो । हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पाेरेट अफिस, १२१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर