११-२-२०८१, शुक्रबार

आई.एम.ई. लाईफ इन्स्योरेन्सका चिफ मार्केटिङ्ग अफिसरमा गणेश चौलागाई

अर्थकागज
प्रकाशित: २०८०-१२-२६
Image description

काठमाडौं । आई.एम.ई. लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका चिफ मार्केटिङ्ग अफिसर (CMO) मा गणेश चौलागाई नियुक्त भएका छन् । कम्पनीका सञ्चालक समितिको १८८ औं बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको गरेकोहो । बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव हासिल गरेका चैलागाई कम्पनीको चिफ मार्केटिङ्ग अफिसरको रुपमा नियुक्त भएका हुन् । नवनियुक्त चिफ मार्केटिङ्ग अफिसर यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख व्यापार अधिकृतको रुपमा आबद्ध थिए। व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनको सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडमा पुनर्बीमा विभाग (Re-Insurance Department), अनुसन्धान तथा विकास विभाग (Research and Development Department), बजार व्यवस्थापन विभाग (Marketing Department),  र प्राईम लाइफ इन्स्योरेन्स कं लिमिटेडमा प्रदेश प्रमुख (Regional Manager),  शाखा प्रमुख (Branch Manager)  को रुपमा काम गरेको अनुभव रहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर