११-२-२०८१, शुक्रबार

लाभांश नदिएको सेन्ट्रल फाईनान्सको सिईओ र संचालकको तलव /भत्ता कति ?

अर्थकागज
प्रकाशित: २०८०-१२-२२
Image description

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले चैत्र २३ गते वार्षिक साधारणसभा केन्द्रिय कार्यालय भवन, कानदेवस्थान कुपण्डोल ललितपुरमा गर्दैछ । फाइनान्सले गत आर्थिक वर्ष २०८९/२०८० को मुनाफाबाट सेयरधनीलाई लाभांश दिएको छैन् । लाभांश नदिएर सेयरधनीलाई निराश बनाएको यस फाईनान्सले प्रमुख कार्यकारी अधिकृत (सिईओ) लगायत व्यवस्थापकीय पदाधिकारीहरुलाई तलव भत्ता बापत १ करोड २० लाख ८४ हजार ७ सय ५८ रुपैयाँ भुक्तानी गरेको छ । फाईनान्सको सिइओमा राजोजमान श्रेष्ठ रहेका छन् । त्यसै गरी संचालक समितिका सदस्यहरुले बैठक भत्ता बापत ५ लाख २९ हजार रुपैयाँ बुझेका छन् । फाईनान्सको संचालक समितिको अध्यक्षमा सन्जोजमान श्रेष्ठ रहेका छन् । संचालक सदस्यहरुमा चण्डिका श्रेष्ठ,बिश्वो राम कवन,विद्या भूषण धोज जोशी,किशोर हाकु दुवाल,प्रनेश बाटी र अशोक कुमार पौडेल रहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर