११-२-२०८१, शुक्रबार

सिटी होटल नोक्सानीमा, घाटा कति ?

अर्थकागज
प्रकाशित: २०८१-१-३१
Image description

काठमाडौं ।  सिटि होटल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार होटलको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। होटलले तेस्रो त्रैमाससम्म आइपुग्दा सिटी होटलले १५ करोड ३७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत वर्षको यसैअवधिको तुलनामा नोक्सानी घटेको हो । गत वर्षको यसैअवधिमा यसले २१ करोड २१ लाख रुपैयाँ नोक्सनी व्यहोरेको थियो । चैतसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी बढेसँगै नोक्सानी घटेको हो । एक वर्षको अवधिमा सञ्चालन आम्दानी भने १३.५२ प्रतिशतले बढेर ३७ करोड २ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले ३२ करोड ७२ लाख रुपैयाँ सञ्चान आम्दानी गरेको थियो । चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९८ पैसा ऋणात्मक रहेको छ । यसको प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ३६ पैसा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर