फागुन १८ गतेदेखि ५० प्रतिशत हकप्रद निष्काशन गर्दै रिडी पावर


रिडी पावर कम्पनी लिमिटेडले फागुन १८ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।
कम्पनीले १ः०.५ को अनुपातमा ५० प्रतिशत अर्थात ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको ७७ लाख ४४ हजार ५ सय ६ कित्ता सेयर हकप्रदको रुपमा निष्काशन गर्ने छ।
कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ माघ २२ गते बुकक्लोज गरेको थियो त्यसैले माघ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र रिडी पावरको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीको हकप्रदमा आवेदकहरुले चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ। हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
नेपाल धितोपत्र बोर्डले पुस १९ गते रिडी पावर कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको थियो । हकप्रद सेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
Shares