नेपाल माइक्रो इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

अर्थकागज
प्रकाशित: २१ वैशाख २०८२
Image description

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ १६ गते दोस्रो वार्षिक साधारणसभा डाकेको छ ।

वैशाख २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त मितिमा भरतपुर गार्डेन रिसोर्ट, भरतपुर, चितवनमा बिहान ११ बजे बार्षिक साधारणसभा बोलाएको हो । सभाले सञ्चालक समिति तथा लेखापरीक्षकको वार्षिक प्रतिवेदनसहित गत आर्थिक वर्षको वासलात, नाफानोक्सान हिसाब, तथा नगद प्रवाह विवरणलगायतका विषयमाथि छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, सभाले चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने, सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने, सञ्चालकहरूको बैठकभत्ता, दैनिक भ्रमणभत्ताका साथै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको खर्च अनुमोदन गर्नेछ ।सभा प्रयोजनार्थ कम्पनीले जेठ ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । अतः जेठ ७ गतेसम्म कायम शेयरधनी सभामा सहभागी बन्न पाउनेछन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर