काठमाडौँका विभिन्न स्थानबाट सुनको सिक्री चोरी, लुटपाट गर्ने पाँच जना पक्राउ
प्रकाशित:
१२ कात्तिक २०८२
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सुनको सिक्री चोरी तथा लुटपाट गर्ने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ परेका पाँच जनालाई काठमाडौं जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूर मुद्दामा आठ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको जनाएको छ ।
सिक्री लुटपाट र किनबेचमा संलग्नमा राज लामा, दुर्ग बहादुर मगर, दिल बहादुर बिक, बागलुङ कालिका ज्वेलर्सका सञ्चालक गोबिन्द सुनार र मनु जेम्स एण्ड ज्वलर्सका सञ्चालक दिपेस रसाईली रहेका छन् ।
उनीहरुसँग १० थान मोबाइल, ७० थान सिम कार्ड, ३ थान मेमोरी कार्ड, मोटरसाइकल ३ थान, नगद ३ लाख ८८ हजार ५०० सहित सुन समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares