धितोपासका भरमा मालपोत चल्दैः राजस्व संकलन घट्दै

अर्थकागज
प्रकाशित: ०५ असोज २०८०
Image description

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट स्थित मालपोत कार्यालयमा यतिबेला धितोपास बढी हुने गरेको छ भने राजस्व संकलन घट्दै गएको छ ।

मन्त्री परिषदको निर्णयले रोकिएको किताकाट खुले पनि मालपोत कार्यालय उदयपुरमा जग्गा खरिद बिक्रीभन्दा बढी बैंक तथा वित्तिय संस्थाको धितो पासमात्र बढिहुनेको गरेको र जग्गा व्यवसायमिा क्रयशक्ति घटेका कारण पनि राजस्व संकलनमा गिरावट आएको बताइएको छ ।

मालपोत कार्यालय उदयपुरका प्रमुख मालपोत अधिकृत कुमार बहादुर खड्काले दिएको जानकारी अनुसार बैंक तथा वित्तिय संस्थाले ऋृण प्रवाह गर्दा हुने धितो पास नै मालपोतको राजस्व संकलनको मुख्य आधार हो । जग्गाको खरिद बिक्री अत्यन्त न्युन रुपमा हुने गरेको छ । अर्कोतर्फ सहकारी संस्थाहरुले गरेको बदमासीका कारण पनि आर्थिक रुपले जग्गा व्यवसायी कमजोर हुँदा जग्गा कारोवार तथा खरिद बिक्रीमा मन्दी आएको हो । सरकारले रोकिएको कित्ताकाट खोलेको भए पनि जग्गा खरिदबिक्रीको काम नभएको जानकारी दिदै मालपोत प्रमुख खड्काले प्लटिङ गरिएको जग्गाको पनि खरिद बिक्रीमा कमी आएको बताए ।

जिल्लामा सहकारी संस्थाहरुले किसानको करीब ५० करोड रुपैया डुबाएको जानकारी दिंदै मालपोत प्रमुख खड्काले ऋृण लिएर सहकारीमा बढी ब्याज आउने लोभले रकम जम्मा गरेको तर सहकारीले खातामा जम्मा गरेको किसानको रकम फिर्ता नगर्दा धेरुे किसानमार्कामा परेको बताए ।

अधिकांस मानिसले विदेश जानकालागि बैंक तथा वित्तिय संस्थामा जग्गा धितो राखेर ऋृण लिने गरेका छन । जग्गाको वर्गिकरण भू उपयोग नियमावलीले गरेको छ तर आवास र कृषि क्षेत्रको जग्गा बढी रहेकोले खरिद बिक्री नभएको हुन सक्ने मालपोत प्रमुख खड्काले बताए ।

उदयपुर जिल्लामा लिम्चुङबुङ गाउँपालिका बाहेकका अन्य पालिकामा जग्गाको वर्गिकरण भएको जानकारी दिंदै प्रमुख मालपोत अधिकृत खड््काले जग्गाको वर्गिकरण गर्ने अधिकार स्थानीय पालिकामा रहेकोले घरबाटो, बस्ती, सडक, आवास, कृषि क्षेत्र, पर्यटकीय क्षेत्र, खानी क्षेत्र तथा ओद्योगिक क्षेत्रका रुपमा पनि वर्गिकरण भएको बताए ।

उदयपुरको बेलका नगरपालिकाको मैनामैनीमा रहेको गुठीको जग्गा खरिद बिक्रीका बारेमा जिज्ञासा राख्दा मालपोत प्रमुख खड्काले मैनामैनीको गुठीको जग्गा निजी गुठीको भएकोले खरिद बिक्री हुने गरेको जानकारी दिंदै अहिले गुठीको जग्गाको खरिद बिक्री कारोबार नभएको बताए ।

दर्ता छुट भएका वा नेपाल सरकारको नाममा रहेको विभिन्न पालिकाको जग्गा भूउपयोग निर्देशिका अनुसार नाँप जाँच गर्ने काम राष्ट्रिय भूमि आयोगको उदयपुर जिल्ला समितिले पालिकाहरुसँग सम्झौता गरेर काम गरिरहेको प्रमुख मालपोत अधिकृत खड्काले बताए ।

राजस्व संकलनमा आर्थिक वर्ष २०७८ । ०७९मा १६ करोड २१ लाख ३४ हजार ६ सय ४८ रुपैया संकलन भएकोमा आ.ब. २०७९ । ०८०मा १२ करोड ३९ लाख ८८ हजार १ सय ७४ रुपैया संकलन भएको छ । अघिल्ला े आर्थिक वर्षको तुलनामा ०७९ । ८०मा ३ करोड८१ लाख४६ हजार४सय ७४ रुपैया घटी राजस्व संकलन भएको मालपोत प्रमुख खड्काले बताए ।

उदयपुरको कटारी नगरपालिका स्थित मालपोत कार्यालयमा पनि जग्गा खरिद बिक्री धन्दा बढी धितो पास नै हुने गरेको र राजस्व संकलन पनि घटेको जानकारी दिंदै निमित्त मालपोत अधिकृत प्रेमराज निरौलाले आर्थिक वर्ष ०७८।०७९मा ४ करोड १० लाख ७८ हजार,३९२ रुपैया राजस्व संकलन भएकोमा आ.ब.०७९।०८०मा २ करोड ६९ लाख ९६ हजार ९५ रुपैया मात्र भएको बताए । अघिल्लो आ.बको तुलनामा गत आ.ब.मा १ करोड ४० लाख ८२ हजार २९७ घटी राजस्व उठेको निरौलाले बताए ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर