एनआईसी एशिया बैंक ‘पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स’ को सदस्य बन्यो
प्रकाशित:
०८ असार २०८१
काठमाडौं । एनआईसी एशिया बैंक ‘पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स’ (पीसीएएफ) का सदस्य बनेको छ । पीसीएएफ विश्वभरका वित्तीय संस्थाहरुको सहयकार्यमा ल्याइएको एक विश्वव्यापी पहल जो जसले उनीहरुको ऋण र लगानीसँग जोगिएको हरितगृह ग्यास उत्सर्जनको मुल्याङ्कन र खुलासा गर्ने गर्दछ ।
६ महादेशका ४८० भन्दा बढी बित्तीय संस्थाहरुसँग जोडिएको पीसीएएफ उत्तर अमेरिका, ल्याटिन अमरिका, युरोप, अफ्रिका र एशिया प्रशान्त क्षेत्रहरुमा द्रुत रुपमा विस्तार भइरहेको छ । पीसीएएफसँग जोडिएसँगै एनआईसी एशिया बैंकले कार्बन फुटप्रिन्टहरुको पारदर्शी मुल्याङ्कन मार्फत वातावरणीय दिगोपनप्रतिको आफ्नो प्रतिबद्धतालाई जोड दिने जनाएको छ ।
एनआईसी एशिया बैंकका देशभर ३६० वटा शाखा कार्यलय, ६ सय ७१ एटिएम, ११८ वटा एक्सटेन्सन काउण्टर र ५१ वटा शाखारहित बैकिङ इकाई रहेका छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares