नेरुडे लघुवित्तको नाफामा ६२ प्रतिशतको गिरावट

अर्थकागज
प्रकाशित: २४ माघ २०८०
Image description

काठमाडौं । नेरुडे लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

यस अवधिमा लघुवित्तले २ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.२५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ०.८५ प्रतिशत घटेको छ त्यस्तै खुद फि तथा कमिशन आम्दानी भने २०.९१ प्रतिशतले बढेको छ। त्यस्तै लघुवित्तको खराब कर्जा बढेर ८.८३ प्रतिशतमा पुगेको छ गत बर्षको यहि अवधिमा संस्थाको खराब कर्जा ४.८९ प्रतिशतमा सिमित थियो ।

लघुवित्तको प्रतिशेयर आम्दानी ६.७८ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ३८ पैसा रहेको छ । समिक्षा लघुवित्तको निक्षेप ११ प्रतिशतले बढेको छ भने र कर्जा लगानी पनि ८.४६ प्रतिशतले बढेको छ । ७३ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ६४ करोड ७६ लाख रुपैयाँ छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर