सिद्धार्थ बैंकको संचालक समितिको बैठक भत्ता २२.२ % ले बढाउँदै, चर्काे विरोध गर्ने तयारीमा सेयरधनी !
काठमाडौं । सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिएको सिद्धार्थ बैंकले संचालकहरुको बैठक भत्ता भने २२.२ प्रतिशतले बढाउने तयारी गरेको छ ।
बैंकले संचालक समितिको बैठक भत्ता बढाउने तीन महले प्रस्ताव २४ औं बार्षिक साधारणसभामा पेश गर्दैछ । बैंकको कात्र्तिक ३० गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान १० बजेदेखि सुरु हुँदैछ ।
बैंकले अध्यक्षलाई प्रति बैठक १८ हजारबाट प्रति बैठक २२ हजार पुर्याउने प्रस्ताव अघि सारेको छ । जुन २२.२ प्रतिशतले बृद्धि रहेको छ ।
त्यसै गरी अन्य संचालक समितिको सदस्यहरुले प्रति बैठक १४ हजारबाट प्रति बैठक भत्ता १७ हजार पुर्याउने प्रस्ताव अघि सारेको छ । जुन २१.४२ प्रतिशले बृद्धि रहेको छ ।
सेयरधनीहरु चर्काे विरोधको तयारी
बैंकले संचालक समितिको बैठक भत्ता २२.२ प्रतिशतले बढाउने तयारी गरेपछि सेयरधनीहरुले भने विरोध गर्ने तयारी गरिरहेका छन् । राम्रो प्रतिफल दिन नसकेको आरोप सेयरधनीले संचालकहरुलाई आरोप लगाएका छन् । जब सम्म सेयरधनीलाई २० प्रतिशत भन्दा धेरै लाभांश दिन सक्दैन तव सम्म संचालक समितिको बैठक भत्ता बढाउन नहुने सेयरधनी रामचन्द्र पौडेलले सुनाए । यसको विरोध बार्षिक साधारणसभा भाग लिने सवै सेयरधनीहरुले चर्काे विरोध गर्न समेत आग्रह गरेका छन् ।
Shares