हकप्रद निष्काशनको प्रस्तावसहित युनाईटेड अजोड इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा


हकप्रद सेयर निष्काशनको प्रस्ताव सहित युनाईटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । कम्पनीको जेठ १४ गते बसेको संचालक समिती बैठकले बिशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.१५ अर्थात १५ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न जेठ ३१ गते बिहिबार बिहान १०ः३० बजे अम्रपाली ब्याङ्क्वेट, टंगाल काठमांडौमा बिशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।
सभाले हकप्रद निष्काशनको प्रस्तावसहित पुँजी बृद्धि, संचालक समितीको संरचना परिवर्तन र अन्य कार्यका लागि संचालक समितीलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ । कम्पनीले विशेष साधारणसभा प्रयोजनार्थ जेठ २५ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले जेठ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र सभामा सहभागी हुन सक्नेछन् ।
Shares