नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोज, कतिमा खुल्छ कारोबार ?

अर्थकागज
प्रकाशित: २३ मंसिर २०८२
Image description

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) को शेयरमूल्य समायोजन गरेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरणका लागि बुकक्लोज मिति कायम गरेसँगै नेप्सेले बोनस शेयरको आधारमा मूल्य समायोजन गरेको हो।


नेप्सेले बैंकको ५ प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ समायोजित मूल्य ३८६ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ। यो मूल्य अघिल्लो कारोबार दिन सोमबारको अन्तिम कारोबार मूल्य— ४०५ रुपैयाँ ८० पैसाको आधारमा गणना गरिएको हो।


आजदेखि दोस्रो बजारमा यही समायोजित मूल्यलाई आधार मानेर बैंकको शेयर कारोबार खुल्नेछ।


पुस ७ गते बैंकको एक्काइसौँ साधारण सभा


सांग्रिला डेभलपमेन्ट बैंकले पुस ७ गते, सोमबार, अमृतभोग क्याटरर्स, कालिकास्थान, काठमाडौंमा एक्काइसौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा बिहान १०:३० बजे सुरु हुने बैंकले जनाएको छ।


सभामा प्रस्तुत हुने मुख्य प्रस्तावहरूः


  • ५% बोनस शेयर वितरण
  • ५.३५८३% नगद लाभांश (कर प्रयोजनसहित) वितरण
  • बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन
  • मर्जर तथा एक्विजिशन सम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने
  • चालु वर्षका लागि लेखापरीक्षक नियुक्ति

प्रतिक्रियाहरू

सम्बन्धित खबर