बाघ, सिंह लगायत ठुला जनावर बिनाको जंगल र ठुला तथा संस्थागत लगानीकर्ता बिनाको सेयर बजार !
जंगलको सुन्दरता भनेको बाघ, सिंह लगायतका ठुला जनावरहरु हुन्। बाघ सिंह बिनाको जंगलको कुनै अस्तित्व हुँदैन। यी जनावरहरु हुँदा जंगलमा अरु जनावरहरु पनि सुरक्षित हुन्छन्। हुन त बाघ, सिंह हुँदा अरु साना जनावरहरु कसरी सुरक्षित रहन्छन्? भन्ने प्रश्न आउला। जंगलामा साना ठुला सबै जनावरले आफुलाई सुरक्षित राख्ने उपाय अवलम्बन गरिरहेकै हुन्छन्। बाघ, सिंह भएको जंगलामा खरायो, मृग नहुने भन्ने हुँदैन। जंगलमा बाघ सिंह छ भनेर नै मानिसहरु जंगल छिर्न डराउँछन्। नत्र मानिसहरु जंगल छिरेर चोरि सिकारी गरी जंगलको अस्तित्व नै समाप्त पारिदिन्छन्।
अर्थतन्त्र चलायमान हुन पहिले सेयर बजारमा त्यसको प्रतिविम्ब देखिनु जरुरी छ। सेयर बजार पनि एउटा जंगल जस्तै हो। यहाँका बाघहरुलाई धपाएर कसरी सुरक्षित र चलायमान बजारको परिकल्पना गर्न सकिन्छ? तत्काल सरकारले बिश्वाशको वातावरण सृजना गर्दै पाखा लागेका सेयर बजारका बाघहरुलाई बजार प्रवेशको बातावरण सृजना गर्नु जरुरी छ।
उता जंगलामा बाघको सँख्या अपेक्षा गरे भन्दा उल्लेख्य रुपमा बढ्यो भनेर गर्व गर्ने सरकारले बिगतमा राजस्वमा ठुलो योगदान दिएका, अहिले सेयर बजारबाट बाहिरिएका बाघहरुलाई चाहिं किन उपेक्षा गरिरहेको छ?
प्रतिक्रियाहरू
Lal bahadur rokaya
2 years ago
सस्थागत लगानिर्कता लाई सरकारले बिश्वास दिलाउनु पर्दछ । कमाय भनेर डाहा गर्ने होइन ।
Shares