एनआरएन इन्फ्रास्ट्रक्चरको बम्पर लाभांश घोषणा

अर्थकागज
प्रकाशित: २६ कात्तिक २०८२
Image description

काठमाडौं, कात्तिक २५ — एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई आकर्षक लाभांश दिने घोषणा गरेको छ।


कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर तथा सो बोनस शेयरको कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।


कात्तिक २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ।


लाभांश प्रस्ताव पारित गर्नका लागि कम्पनीले आउँदो पुस ४ गते (शुक्रबार) बिहान ९ बजे आम्रपाली ब्यान्क्वेट, थिरबम सडक, काठमाडौंमा १३औँ वार्षिक साधारण सभा बोलाएको छ।


उक्त सभामा लाभांश पारित गर्ने विषयसँगै बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पेश गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर