आजदेखि लिबर्टी इनर्जीको हकप्रद सेयर बिक्री खुला

अर्थकागज
प्रकाशित: १६ मंसिर २०८१
Image description

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले आज (मंसिर १६ गते) देखि हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ५० करोड रुपियाँको १ः०.५० को अनुपातमा ७५ करोड रुपियाँबराबरको हकप्रद शेयर जारी गरेको हो । कम्पनीले १०० रुपियाँ अंकित मूल्यमा ७५ लाख कित्ता सेयर निष्कासन गरेको छ ।

सेयर निष्कासनका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ । कात्तिक २० गतेसम्म कायम सेयरधनीले मात्रै यो हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । इच्छुक तथा योग्य लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल, लिबर्टी इनर्जी र नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । आवेदन पुस ७ गतेसम्म दिन सकिनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर