सेयरधनीलाई निराश बनाएको शिखर इन्स्योरेन्सले बोलायो साधारणसभा

अर्थकागज
प्रकाशित: २० फागुन २०८०
Image description

काठमाडौं । शिखर इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । कम्पनीले केन्द्रीय कार्यालय शिखर विज सेन्टरमा बिहान ११ बजे सुरु हुनेछ ।

यसअघि नै सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरिसकेको हो । सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, साधारण सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारण १ जना सञ्चालक निवार्चन गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले फागुन २७ गते बुक क्लोज गर्ने भएको छ । फागुन २४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउँनेछन् । फागुन २५ र २६ गते क्रमाशः शुक्रबार र शनिबार परेकाले सेयर कारोबार हुँदैन ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर