हिमालयन पावर पार्टनरले बैशाख १७ गतदेखि ५० प्रतिशत हकप्रद निष्काशन गर्ने
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले बैशाख १७ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
यस अनुसार कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५ सय रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
हकप्रद शेयर निष्काशनका लागि कम्पनीले चैत १० गते बुकक्लोज गरेको थियो । यस अनुसार चैत ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा जेठ ६ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई बैंकको बेशीशहर, दोर्दी, भोटेओडार र उदिपुर शाखाबाट हकप्रदमा आवेदन दिन सक्नेछन् ।
धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर …मेरो शेयरÚ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन् ।
Shares