एनएमबि लघुवित्तले डाक्यो साधारणसभा, सेयर संरचना परिवर्तनको प्रस्ताव

अर्थकागज
प्रकाशित: ३१ जेठ २०८१
Image description

काठमाडौं । एनएमबि लघुवित्तले साधारणसभा आह्वान गरेको छ । संस्थाको जेठ ३१ गते बसेको संचालक समिती बैठकले साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।

कम्पनीको ११ औँ साधारणसभा असार २१ गते बिहान ११ः३० बजेदेखि होटल बाराही प्रा.ली पोखरामा सुरु हुनेछ । सभाले उपयुक्त अन्य एक वा एक भन्दा बढि लघुवित्तसंग मर्जर सम्बन्धी सम्पुर्ण आवश्यक कार्य गर्ने अधिकार संचालक समितीलाई प्रदान गर्ने विशेष प्रस्ताव समेत पारित गर्नेछ ।

त्यस्तै सभाले आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाब, अध्यक्षको बार्षिक प्रतिवेदन, संचालकहरुको निर्वाचन, सेयर संचरनामा परिवर्तन, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगाएता ऐजेन्डा पारित गर्नेछ ।

संस्थाले साधारणसभा प्रयोजनार्थ असार ७ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ, त्यसैले असार ६ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागी हुन सक्नेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर