सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड सम्पन्न, यि लिंकबाट रिजल्ट हेर्नुहोस्
प्रकाशित:
१० असार २०८३
काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड आज बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा सम्पन्न भएको छ ।
कम्पनीले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणलाई ७ लाख ५ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा २८ लाख ९४ हजार २ सय ३२ जनाको आवेदन परेको थियो । जस मध्ये २८ लाख ५० हजार २५ जनाको आवेदन मात्र योग्य भएको छ ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । लगानीकर्ता लक्ष्मण श्रेष्ठले गोलाप्रथाको बल तानेका थिए । आईपीओको लक्की नम्वर ७ रहेको छ । ७० हजार ५ सय ५० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।
आईपीओ हेर्नेको लागि लिंकहरु
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares