लक्ष्मी सनराइज बैंकको लभांश घोषणा
प्रकाशित:
१२ कात्तिक २०८३
काठमाडौं । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंक सञ्चालक समितिको बैठकले चुक्तापुँजीको ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसमध्ये ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश रहेको छ ।
नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि घोषित लाभांश सेयरधनीमा वितरण हुनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares