युनिलिभर नेपालले घोषणा गर्यो अहिलेसम्म कै धेरै लाभांश
प्रकाशित:
२८ असोज २०८०
काठमाडौं । युनिलिभर नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीलेआर्थिक वर्ष २०७९/८० को मुनाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
उक्त लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्। कम्पनीले सञ्चालनको ३० वर्ष सम्पन्न गरेको खुशियालीमा उक्त दरमा लाभांश वितरण गर्ने घोषणा गरेको बताएको छ।
लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ। बुक क्लोजको आधारमा मंसिर ११ गतेसम्म कायम सेयरधनीहरूले लाभांश पाउनेछन्।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares