गरिमा विकास बैंकको ४ लाख बढि कित्ता सेयर बिक्रिमा, सबैले आवेदन दिन पाउने

अर्थकागज
प्रकाशित: २७ असार २०८१
Image description

गरिमा विकास बैंक लिमिटेडका बिद्यमान संस्थापक सेयरधनीले ४ लाख बढि कित्ता सेयर बिक्रि गर्ने भएका छन् । आज शुक्रबार एक सूचना जारी गर्दै इच्छुक योग्य यक्ति वा संस्थालाई आवेदन दिन आग्रह गरिएको छ।

संस्थाका विभिन्न सेयरधनीहरुले स्वामित्वमा रहेको ४ लाख २६ हजार ९९०.३० कित्ता सेयर बिक्रिका लागि संस्थामा निवेदन दिएका हुन् ।

यसअघि नै संस्थापक सेयरधनीहरुका लागी ३५ दिनको सूचना प्रकाशित गरिसकेकाले अब संस्थापक शेयर खरिद गर्न इच्छुक जो कोहि योग्य आवेदकहरुले १५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय लाजिपाट, काठमाडौंमा आईपुग्ने गरी आवेदन दिन सब्नेछन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर