समानान्तर निर्माण सेवालाई तीन वर्ष कालोसूचीमा राख्न काठमाडौं महानगरको पत्र

अर्थकागज
प्रकाशित: २३ फागुन २०८०
Image description

काठमाडौं महानगरपालिकाले गलत र बदनियतपूर्ण कार्य गरेको भन्दै समानान्तर निर्माण सेवा प्रालिलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ।

काठमाडौं महानगरपालिकाका अनुसार सो निर्माण सेवा प्रालिले तथ्य बंग्याई झुक्काई विवरण पेस गरेकाले तीन वर्षका लागि कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको हो ।

महानगरका अनुसार काठमाडौंका प्रमुख प्रशासकीय अधिकृतस्तरको निर्णयअनुसार सो प्रालिलाई कालोसूचीमा राख्न सिफारिस गरिएको हो। महानगरले खोलेको ठेक्का प्रक्रियामा समानान्तरले बदनियतपूर्ण तरिकाले झुक्याएर कागजात पेस गरेको थियो।

महानगरको मूल्यांकन समितिले समानान्तर निर्माण सेवा प्रालिले पेस गरेको कागजात झुटो र गलत भएको पाइएपछि त्यसको प्रस्तावलाई नै रद्ध गर्ने निर्णय गरेको थियो। ‘गलत गरेका कारण हाम्रो मूल्यांकनले उसको प्रस्तावलाई रद्ध गरेको हो। मूल्यांकनमा गलत गरेको देखिएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कालोसूचीमा राख्न पत्र पठाएका छौं’ –महानगर स्रोतले नेपाल समाचारपत्रसँग भन्यो ।

महानगरले सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाएको पत्रमा भनिएको छ– ‘समानान्तर निर्माण सेवा प्रालिलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१, काठमाडौं महानगरपालिका सार्वजनिक खरिद नियमावली, २०७९ को नियम ४८ र बोलपत्रसम्बन्धी कागजातको जीसीसीको धारा नं. ७३ र ७४ समेतका आधारमा मिति २०८०।११।२१ को प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयअनुसार समानान्तर निर्माण सेवा प्रालिलाई ३ (तीन) वर्ष अवधिका लागि कालोसूचीमा राख्नका लागि सिफारिस साथ अनुरोध गरिएको छ ।’

काठमाडौं महानगरपालिकाले आह्वान गरेको ठेक्का नं. ०६–२७–०८०–८१ एनसीबीडब्ल्यू–केएमसीबाट सामाखुसी कोरिडोरमा वसुन्धरादेखि मेह्पीसम्म ढल निर्माण कार्यको ठेक्कामा समानान्तरले गलत विवरण पेस गरेको थियो। काठमाडौं महानगरपालिकासँगको विवादसँग सम्बन्धित विषय नखुलाई तथ्य बंग्याई झुक्काई कार्यालयलाई विवरण पेस गरेको देखिएपछि समानान्तरको कागजात महानगरले रद्ध गरेको थियो ।

सेटिङमा ठूला सरकारी ठेक्का हत्याउँदै आएको समानान्तर निर्माण सेवाले देशका ठूला ठेक्काहरू हात पार्दै आएको छ। समानान्तरले राजस्व छली गरेको आशंकामा २०७८ सालमा राजस्व अनुसन्धान विभागले अनुसन्धानसमेत थालेको थियो। नेपाल समाचारपत्र बाट ।

प्रतिक्रियाहरू

[email protected]

2 years ago

et hic quod unde et deleniti at placeat aut quis laudantium quibusdam. quo vel qui in minus enim autem quia in et ut.

सम्बन्धित खबर