लगानीको अवसर ! उन्नति सहकार्य लघुवित्तको एफपीओ आजबाट बिक्री खुला
काठमाडौं । आजदेखि उन्नति सहकार्य लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा १ लाख ७८ हजार ४५१ कित्ता अर्थात १ करोड ७८ लाख ४५ हजार ४५१ रुपैयाँ बराबरको एफपीओ बिक्री खुला गरेको हो ।
लगानीकर्ताले कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा मंसिर ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । उन्नति सहकार्य लघुवित्तको लाभांश इतिहास यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । क्रेडिट रेटिङ संस्था केयर नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउने ‘केयर एनपी इस्यूअर रेटिङ बी प्लस’ रेटिङ प्रदान गरेको छ ।
प्रतिक्रियाहरू
Durga prasad chapagain
2 years ago
Good
Shares