नेप्सेमा नागरिक लगानी कोषको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थकागज
प्रकाशित: १९ असार २०८१
Image description

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको छ ।

कोषको १४ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता १ हजार ८ सय ७३ रुपैयाँ ६८ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २ हजार १ सय ३६ रुपैयाँका आधारमा समायोजन गरेको हो ।

कोषले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

कोषले साधारणसभा तथा लाभांश प्रयोजनार्थ आज असार २० गते बुक क्लोज गर्नेछ त्यसैले हिजो असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी लिन पाउनेछन्।

प्रतिक्रियाहरू

सम्बन्धित खबर