रिलायन्स फाइनान्समा अन्य संचालक खर्चको नाममा लुटतन्त्र, कुन शिर्षकमा कति खर्च ?

अर्थकागज
प्रकाशित: १९ भदौ २०८१
Image description

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले अन्य संचालक खर्चको नाममा विभिन्न शिर्षक बनाई लुटतन्त्र मच्चाएको छ । लाभांश दिन नसकेर सेयरधनीबाट चर्काे आलोचना खेप्दै आएको यस फाइनान्सले अन्य संचालक खर्चको नाममा करौडौ रुपैयाँ खर्च गरेको देखिन्छ । आर्थिक वर्ष २०७९/८० को बार्षिक प्रतिवेदन अनुसार फाइनान्सले अन्य संचालक खर्चकको नाममा विवरण खर्च र कार्यालय प्रशासन खर्चको नाममा करौडौ रुपैयाँ खर्च देखाइएको छ । जसमा मनोरन्जन देखि तलव भत्ता समावेश गरिएको छ ।

कुन शिर्षकमा कति खर्च ?

जसमा अर्काे गज्जवको कुरो त यि शिर्षकको खर्चमा पनि अन्य शिर्षक राखि करौडौ रुपैयाँ खर्च भएको देखिन्छ । अन्य कार्यालय प्रशासन खर्चको शिर्षकहरु भित्र पनि दुई वटा अन्य शिर्षक बनाई एउटा अन्यमा २ लाख ५ हजार ७१५ रुपैयाँ र अर्काे अन्य शिर्षकमा १ करोड ४५ लाख ६६ हजार ९७० रुपैया खर्च देखाइएको छ । मनोरन्जन खर्चमा पनि फाइनान्सले लाखौ रुपैयाँ खर्च गरेको देखिएको छ ।

कुन शिर्षकमा कति खर्च ?


प्रतिक्रियाहरू

सम्बन्धित खबर