सेयरधनीलाई लाभांश दिन नसक्ने प्रभु बैंकको सिइओ अशोक शेरचनको तलव/भत्ता ४ करोड, अन्य पदाधिकारीले तलव/भत्ता कति बुझे ?
प्रकाशित:
२८ पुस २०८१
काठमाडौं । प्रभु बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई आर्थिक वर्ष २०८०/८१ म झण्डै ४ करोड रुपैयाँ तलव भत्तामा खर्च गरेको छ । बैंकको बार्षिक प्रतिवेदन अनुसार यस आर्थिक वर्षमा बैंकले सिईओलाई तलव/भत्ता गरी ३ करोड ९४ लाख ३२ हजार रुपैयाँ भुक्तानी गरेको छ । यस आर्थिक वर्षमा बैंकले सिइओले तलब/भत्ता बापत ३ करोड १२ लाख ३१ हजार रुपैयाँ, कर्मचारी बोनस ३५ लाख ३४ हजार र दशैं तथा बिदा वापत भत्ता ४६ लाख ६७ हजार रुपैयाँ भुक्तानी गरेको छ । बैंकको सिइओमा अशोक शेयरचन रहेका छन् । बैंकले यस आर्थिक वर्षमा अन्य पदाधिकारीहरुलाई ४ करोड ६९ हजार रुपैयाँ तलव /भत्तामा भुक्तानी गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares