एचआईडिसिएलको खुद नाफा बढेर १ अर्ब ९ करोड पुग्यो, अन्य अवस्था कस्तो ?

अर्थकागज
प्रकाशित: २६ वैशाख २०८१
Image description

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब ९ करोड रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक बर्षको तुलनामा ७.९२ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब १ करोड रुपैयाँ कमाएको थियो ।

यस अवधिमा कम्पनीको सम्झौताबाट हुने आम्दानी ६२.६८ प्रतिशतले बढेको छ भने र वित्तीय आम्दानी पनि ०.९३ प्रतिशत बढेको छ त्यसैगरी कम्पनीको वित्तीय आम्दानी भने १९.३७ प्रतिशत घटेको छ । त्यस्तै कम्पनीको रिजर्भको आकार ५.१० प्रतिशतले बढेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी बढेर ६ रुपैयाँ ३८ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ २९ पैसा रहेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर