कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

अर्थकागज
प्रकाशित: १४ चैत २०८२
Image description

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दिपक खड्का सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतका अनुसार खड्कालाई अनुसन्धानको सिलसिलामा नियन्त्रणमा लिइएको हो।

उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन्। साथै, जेनजी आन्दोलनका क्रममा उनको निवासमा आगजनी हुँदा नगद रकम उडेको दाबी गरिएको भिडियो सार्वजनिक भएपछि उक्त विषयमा समेत अनुसन्धान भइरहेको बताइएको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर