नेप्सेमा तीन कम्पनीको सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा तीन कम्पनीको सेयर सूचीकृत भएको छ । नेप्सेको नेप्सको अनुसार मुक्तिनाथ कृषि कम्पनी, '१०% केबिएल डेबेञ्चर २०९०' र हिमालयन ८०–२० को सेयर सूचीकृत भएको हो ।
मुक्तिनाथ कृषि कम्पनीको ७० लाख कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता ७६ रुपैयाँ ८१ पैसाँदेखि २३० रुपैयाँ ४३ पैसासम्म ओपनिङ रेन्ज तोकेको छ । कम्पनीको यर कारोबारका लागि ‘एमकेसीएल’ संकेत प्राप्त भएको छ ।
त्यसै गरी हिमालयन क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गत हिमालय 'हिमालयन ८०–२०' को १० करोड इकाई नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको सेयर कारोबारका लागि ‘एच८०२०’ संकेत प्राप्त भएको छ ।
त्यसै गरी कुमारी बैंक लिमिटेडको '१०% केबिएल डेबेञ्चर २०९० डिबेन्चर' नेप्सेमा सूचीकृत भएको छ । नेप्समो ५० लाख ऋणपत्र सूचीकृत चएको हो । कम्पनीको सेयर कारोबारका लागि ‘केबिएलडि ९०’ संकेत प्राप्त भएको छ ।
Shares