युनाइटेड मोदी हाईड्रोपावरले बोलायो साधारण सभा, शतप्रतिशत हकप्रद निष्कासन गर्ने मूख्य प्रस्ताव

प्रकाशित:
१८ जेठ २०८१

काठमाडौं । युनाइटेड मोदी हाईड्रोपावर लिमिटेडले १० औं बार्षिक साधारणसभा बोलाएको छ । गत जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले जेठ २७ गते काठमाडौंको कालिमाटी ब्याङक्वेटमा बिहान ११ बजे साधारणसभा बोलाएको हो ।
चैत २९ गते आयोजना हुने भनिएको साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको थियो । सभाले कम्पनीले आफ्नो शेयर रहेको ५० मेगावाटको मेवाखोला जलविद्युत आयोजनामा लगानी थप गर्न हाल कायम चुक्तापूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको १ः१ अनुपातमा १ करोड २३ लाख ५ हजार कित्ता हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्ने छ । सभाले अन्य चार जना सञ्चालक पदको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares