प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

प्रकाशित:
२४ जेठ २०८१

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरधनीहरुको शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले संस्थापकतर्फका दुई जना शेयरधनीको स्वामित्वमा रहेको ३० हजार १२० कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा राखेको हो । प्रतिकित्ता शेयरमूल्य भने खुलाइएको छैन।
उक्त शेयर खरिदका लागि जो कोहि व्यक्ति,कम्पनी वा संघ/संस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले आगामी सात दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।
शेयर खरिद गर्न चाहने लगानीकर्ताले कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा आवेदन पेश गर्नुपर्ने छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares