कुमारी बैंक र क्लासिक उद्योगबीच सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र क्लासिक उद्योग बीच कुमारी बैंकको ग्राहक महानुभावहरुले विशेष छुट प्राप्त गर्ने सम्बन्धी सम्झौता भएको छ ।
यो सम्झौता पछि अब कुमारी बैंकका डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिंग प्रयोगकर्ताहरूले क्लासिक उद्योग मार्फत उत्पादन गरिएको Mattresses खरिद गर्दा १५ प्रतिशत सम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य गरेको हो । आगामी दिनहरुमा पनि कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवाहरूमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरु ल्याईरहने छ ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०४ शाखा सञ्जाल, ३०७ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रियाहरू
सन्त बाहादुर प्रजा
2 years ago
होम लोन माग गरिएको
सन्त बाहादुर प्रजा
2 years ago
होम लोन माग गरिएको
well sleep mattress
2 years ago
hamro well sleep mattress ma classic ko rate bhanda 20 % discount kunai pani bank ko harahaklai ,contact no 9802900705
well sleep mattress
2 years ago
hamro well sleep mattress ma classic ko rate bhanda 20 % discount kunai pani bank ko harahaklai ,contact no 9802900705
Shares