सिईडिबि हाईड्रोपावरको लाभांश घोषणा
सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले पहिलोपटक लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख १० गते बसेको संचालक समिती बैठकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनश सेयर र बोनसको कर प्रयोजनका लागि ०.५७८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
बैठकले लाभांश पारितको एजेण्डा सहित साधारणसभा बोलाउने निर्णय गरेको छ । कम्पनीको गत २ आर्थिक बर्षको साधारणसभा बैशाख ३१ गते नेवा ब्याम्बो कजेज हरिसिद्धी ललितपुरमा बिहान ८ बजेदेखि सुरु हुनेछ ।
सभाले लाभांश सहित स्वतन्त्र संचालकमा सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार वैशाख १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता हुन पाउने छन् ।
Shares