भगवती हाइड्रोपावरको आईपीओ भर्नु भयो ? आज अन्तिम दिन
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्रिमियम आइपीओ भर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले भदौं ५ गतेदेखि बिक्री खुल्ला गरेको आईपीओको अन्तिम दिन भदौ ८ गते अर्थात आज रहेको हो ।
कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आइपीओ बिक्रीमा ल्याएको थियो ।
कम्पनीले पुँजीको १५% ले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १०% अर्थात ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री भइसकेको छ ।
यस्तै, ५% (४२ हजार ९०५ कित्ता) सेयर म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ भने २% अर्थात १७ हजार १६२ कित्ता सेयर छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याइएको हो ।
यसमा सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
Shares