हिमालयन रिइन्स्योरेन्सको १५ लाख कित्ता आईपीओको लकइन अवधि समाप्त हुँदै


काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सामूहिक लगानी कोषहरुको लागि छुट्टयाईएको साधारण सेयरको लकइन अवधि आगामी असार १० गते समाप्त हुने भएको छ ।
नेपाल धितोपत्र बोर्डको मिति २०८० कार्तिक २० गतेको निर्देशन अनुसार कम्पनीले सामूहिक लगानी कोष योजनाहरुलाई बाँडफाँड गरिएको साधारण सेयर सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरी बाँडफाँड भएको मितिले ६ महिनासम्म लकईन राख्नुपर्ने व्यवस्था गरेको थियो ।
कम्पनीले आईपीओ जारी गर्दा सर्वसाधारणलाई छुट्टाएको सेयरको ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको थियो ।
सर्वसाधारणमा बाँडफाँड गरिएको मिति २०८० पुस ११ बाट ६ महिनासम्म लक ईनमा राखिएकोमा उक्त लक ईनको अवधि मिति असार १० गते पश्चात समाप्त हुने भएकाले तत् पश्चात कम्पनीले उक्त सेयर बिक्रि गर्न सक्नेछन् ।
Shares