युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा आज, हकप्रदको प्रस्ताव पारित हुने

प्रकाशित:
३१ जेठ २०८१

युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा आज वैशाख ३१ गते बिहान १०ः३० बजेदेखि अम्रपाली ब्याङ्क्वेट भाटभटेनी काठमांडौमा सुरु हुनेछ ।
सभाले कम्पनीको हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत अर्थात १००ः१५ को अनुपातमा हकप्रद निष्काशनको प्रस्ताव पारित गर्नेछ । कम्पनीको हाल चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ भने हकप्रद निष्काशनपछि कम्पनीको चुक्त पुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
त्यस्तै सभाले कम्पनीमा कायम संस्थापक र साधारण सेयरको अनुपात बमोजिम संचालक समिती समेत गठन गर्नेछ । कम्पनीले विशेष साधारणसभा प्रयोजनका लागि जेठ २५ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले जेठ २४ गतेसम्म कायम सेयरधनीहरु मात्र विशेष साधारणसभामा सहभागि हुन सक्नेछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares