यी हुन् कामना सेवा विकास बैंकका २५ ठूला सेयरधनी, कसको सेयर स्वामित्व कति ?
काठमाडौं । कामना सेवा विकास बैंकमा ०.५ प्रतिशत वा सो भन्दा बढी सेयर स्वामित्व हुनेमा विभिन्न कम्पनी र व्यक्ति गरी कुल २५ ठूला सेयरधनीहरु रहेका छन् । बैंकको २०८१/८२ को बार्षिक प्रतिवेदन अनुसार बैंकमा सबै भन्दा धेरै सेयर स्वामित्व तुलसा पाण्डेको रहेको छ । बैंकमा पाण्डेको २.४३३ प्रतिशत अर्थात ८ लाख ५४ हजार २९४ कित्ता सेयर स्वामित्व रहेको छ । त्यसै गरी एन्टेग्रा सोर्सेस प्रा. लि. को १.९९६ प्रतिशत अर्थात ७ लाख ६९२ कित्ता, सिता आचार्यको १.७५८ प्रतिशत अर्थात ६ लाख १७ हजार २३६ कित्ता सेयर स्वामित्व रहेको छ । त्यसै गरी श्री राम पाण्डेको १.३८५ प्रतिशत अर्थात ४ लाख ८६ हजार ३५६ कित्ता सेयर, सीताराम उप्रेतीको १.३६६ प्रतिशत अर्थात ४ लाख ७९ हजार ४५० कित्ता सेयर, मदन खनालको १.०७१ प्रतिशत अर्थात ३ लाख ७६ हजार ६२ कित्ता, नेपाल लाइफ इन्स्योरेन्सको १.०५९ प्रतिशत अर्थात ३ लाख ७१ हजार ९४० कित्ता सेयर स्वामित्व रहेको छ ।
हेर्नुस् बैंकमा ०.५ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका सेयरधनीको विवरण
Shares