अपर तामाकोशी हाइड्रोपावरलाई धितोपत्र बोर्डले ७५ हजार तिरायो जरिवाना, रजिष्ट्रार कार्यालयले काट्यो पत्र
प्रकाशित:
२० वैशाख २०८२
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले ७५ हजार रुपैयाँ जरिवाना तिराएको छ । कम्पनीले संस्थागत सुशासन उल्लंघन गरेपछि धितोपत्र बोर्डले उक्त रकम जरिवाना तिराएको हो ।
कम्पनीलाई बोर्डले संचालक समितिमा आवश्यक स्वतन्त्र संचालक नियुक्त गर्नु पर्ने व्यवस्था रहेकोमा त्यहाँका संचालक समितिमा उल्लेखित व्यवस्था बमोजिम स्वतन्त्र संचालक नियुक्त गरको नदेखिएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) बमोजिम ७५ हजार रुपैयाँ जरिवाना किन नगर्ने र जरिवाना गर्नुनपर्ने आधार र कारण भए सो व्यहोरा खुलाई बोर्ड सम्बन्धी नियमावली, २०६४ को नियम २९ को उपनियम (१) को खण्ड (क) बमोजिम बढीमा पन्ध्र दिनभित्र सफाई पेश गर्न निर्णयानुसार बोर्डले अनुरोध गरेको छ ।
यता, कम्पनी रजिष्ट्रारको कार्यालय पनि अपर तामाकोशी हाइड्रोपावरलाई पत्र काटेको छ । रजिष्ट्रारको कार्यालयले कम्पनीलाई ५ वटा प्रश्नको उत्तर तीन दिन भित्र पठाउन पत्र काटेको थियो । जसमा कम्पनीबाट संचालित आयोजनामा ऋण लगानी गर्ने संस्था कुन कुन देखि स्वतन्त्र संचालक नियुक्ति लगायतको विषयमा प्रश्न उठाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares