नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बुधबार बाँडफाँड

अर्थकागज
प्रकाशित: १८ मंसिर २०८०
Image description

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ भोली अर्थात बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार भोली बिहान १० बजे आईपीओ बाँडफाँड हुने भएको हो ।

कम्पनीले मंसिर १० गतेदेखि १३ गतेसम्म १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । कम्पनीले निष्कासन गरेको आईपीओमा १२ लाख ५७ हजार ७५६ जना आवेदकले १ करोड ३६ लाख ४३ हजार ३९० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा ११.९५ गुणा बढी आवेदन हो ।

जस अनुसार १ लाख ६४ हजार १२५ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख ४३ हजार ६३१ जनाको भने हात खाली हुनेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर