अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको थप नयाँ एटीएम सञ्चालनमा
प्रकाशित:
०५ असार २०८१
काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्षमा यात्रु तथा
कर्मचारीलाई सुविधा पुर्याउने उद्देश्यले थप एक एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले यसअघिदेखि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एउटा
तथा अन्तराष्ट्रिय आगमन कक्षमा दुइ वटा एटीएम सञ्चालनमा ल्याइसकेको छ ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares