अरुण भ्याली हाइड्रोपावरको नाफामा २२८.२५ प्रतिशतको छलाङ्ग

अर्थकागज
प्रकाशित: २३ वैशाख २०८२
Image description

काठमाडौं । तेस्रो त्रैमाससम्म आइपुग्दा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले नाफामा २२८.२५ प्रतिशतको छलाङ्ग मार्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमाफृत १९ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२८.२५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड १ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।समीक्षा अवधिमा कम्पनीको खुद नाफा भने ५ हजार ७९९.८८ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५७ लाख रुपैयाँ मात्र रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ३४ करोड १८ लाख रुपैयाँ पुगेको छ। विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो।नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ११ रुपैयाँ ४३ पैसा बढेर ११ रुपैयाँ ८५ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ५६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.०९ गुणा रहेको छ।३ अर्ब ८४ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ३६ करोड ७८ लाख रुपैयाँ छ।


प्रतिक्रियाहरू

MyName

1 year ago

wnLFY yVLiX KpNr cbJ qpkY

सम्बन्धित खबर