मुक्तिनाथ कृषि कम्पनीको नाफामा १६७ प्रतिशतको उछाल
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
यस अवधिमा कम्पनीले २ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६७.०८ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक बर्ष कम्पनीको खुद मुनाफा १ करोड ४ लाख रुपैयाँमा सिमित थियो ।
त्यस्तै समिक्षा अवधिमा कम्पनीले ६६ करोड ७८ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.१४ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३९ करोड २५ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा ५७.०७ प्रतिशत बढेको छ भने कुल आम्दानी ५५.७८ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल सञ्चालन खर्च ६०.३३ प्रतिशत बढेको छ।
७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्विटी भने ३ करोड रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी बढेर ४ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ६९ पैसा छ ।
Shares