नेपाल धितोपत्र बोर्डबाट रिडी पावरले पायो हकप्रद निष्काशन गर्ने अनुमति

अर्थकागज
प्रकाशित: २० पुस २०८०
Image description

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको छ।

बोर्डले पुस १९ गते रिडी पावर कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको हो ।

बोर्डले रिडी पावरलाई १:०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो । रिडी पावरले ७७ लाख ४४ हजार ५ सय ६ कित्ता सेयर हकप्रदको रुपमा निष्काशन गर्ने छ। सेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर