अभियान लघुवित्तले सेयरधनीलाई लाभांश नदिने

अर्थकागज
प्रकाशित: ०६ वैशाख २०८१
Image description

काठमाडौं । अभियान लघुवित्तले आव २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको वैशाख ५ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७९/८० मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।

बैठकले २०८० असार मसान्तसम्मको वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर