शेयरधनीहरु बोनश सेयरप्रति आकर्षित ?
पुँजी बजारमा अहिलेको सिजन भनेको लाभांशको सिजन हो । केही कम्पनीहरुले लाभांश बितरण समेत गरिसकेका छन भने केहि कम्पनीहरुले धमाधम लाभाशको घोषणा गरिरहेका छन् । अहिले आर्थिक बर्ष २०८०/८१ कोे लाभांश घोषणा गर्ने सिजन हो । लाभांश घोषण गर्ने कतिपयले बोनश शेयर मात्र घोषणा गरेका छन भने कतिपयले नगद मात्र र कतिपय कम्पनीहरुले नगद र बेनश शेयर दिने गरेका पनि छन् । तर, पनि धेरै जसो शेयरधनीहरुको आकर्षण भने बोनश शेयरमा रहेका छ । त्यसोत धेरै जसो शेयरधनीहरुको भनाइमा नगद लाभाश भन्दा पनि बोश शेयर दिने गरे राम्रो हने बताउँछन । त्यसोत बोनश सेयर र नगद लाभांशको चक्करले शेयरबजारमा समेत असर पर्ने गरेका छन् । यसले शेयरबजारमा उटार चढाब देखिने गरेका छन् । कतिपयको भनाइमा बोनश सेयर राम्रो भन्ने गरेका छन भने कतिपयले नगद लाभाश नै राम्रो भन्ने गरेका छन भने कतिपयले दुबै मिलाएर दिए राम्रो भन्नेहरु पनि नभएका होइनन ।
यस्तो चर्चा पब्लिक कम्पनीहरुले लाभाश बाड्ने सिजन सुरु भएपछि लगानीकर्ताहरु माझ चर्चा हुने गरेका छन् । पब्लिक कम्पनीहरुले एक आर्थिक बर्ष समाप्त भए पछि कम्पनीको नाफाबाट आफ्ना शेयरधनिहरुलाई लाभांश बाड्ने गरिन्छ । शेयरबजारमा डे टु डे ब्यापार गर्ने लगानीकर्ताहरुको र बिज्ञ बिश्लेषकहरुको र शेयरबजार सम्बन्धि जानकारहरुको भनाइमा नगद लाभाश राम्रो भन्ने भनाइ रहेका छन् । त्यसोत सबैजसो बैक तथा बित्तिय सस्थाहरु मर्जरमा गइसकेको कारणले कम्पनीहरुको पुँजी आबश्यकता भन्दा बढि भइसकेको छन भने शेयरधनिहरुसंग पनि एकै कम्पनिको शेयरको थप्रो भैसकेको सरोकारवालाहरु बताउँछन् । यस कारणले पनि कम्पनीहरुको लागि बोनश शेयरभन्दा नगद लाभाश बितरण गर्न नै उपयक्त रहेको बताउँछन । तर,पनि कतिपय लगानीकर्ताहरु भने बोनश शेयरको नै पक्षमा रहेको बताउने गरेका छन् ।
नगद लाभाशले बजार घट्दैन शेयर मुल्य समायोजन हुन्दैन एजीएममा प्रस्ताब पास भएको दि बाट नै शेयरधनीहरुले लाभांश पाउछ भने शेयर बजारमा शेयरको सख्या बढाउदैन शेयरको सख्या बढ्यो भने बिक्री चाप बढ्छ र शेयरको भाउ घट्ने हुन्छ । त्यसोत होल्डमा बस्ने शेयरधनीहरुको लागि भने बोनश शेयर राम्रो । त्यसैगरि होल्डमा नबस्ने शेयरधनीहरुको लागि भने नगद लाभांश राम्रो तर पनि धेरै जसो शेयरधनीहरु नगद लाभाश भन्दा बोनश शेयर नै राम्रो मान्ने गरेका छन् । धेरै जसो शेयरधनीहरुमा बोनश शेयरप्रति आकर्षण रहेका छन भन्दा पनि फरक नपर्ला । त्यसोत होल्डमा बस्ने भबिष्यको लागि लगानी सरक्षित गर्ने शेयरधनीहरुको लागि बोनश शेयर नै राम्रो भन्दा पनि फरक नपर्ला । त्यसोत बोनश शेयरको नराम्रो पक्ष भनेको कनै कम्पनीले जति प्रतिशतको बोनश शेयर दिन्छ त्यति प्रतिशतनै बजार को भाउमा त्यतिनै प्रतिशतले शेयर समायोजन गरि शेयरको भाउ घटाउँछन् । शायद कतिपय शेयरधनीहरुलाई यसको बारेमा त्यति चासो लिएको ध्यान गएको पनि छैन होला । त्यसोत शेयरको मुल्य समायोजनले गर्दा पनि भबिष्यको लागि होल्ड गर्ने शेयरधनीहरुको लागि बोनश शेयर राम्रो हो भन्दा पनि फरक नपर्ला । शेयर होल्ड गरेपछि पछि शेयरको भाउ बढ्ने सम्भावना पनि रहन्छन् । यसले शेयरधनीहरुलाई फाइदा नै हुने गरेका छन् । यसकारणले पनि कतिपय शेयरधनीहरुको आकर्षण बोनश शेयरमा रहेको हो भन्दा पनि फरक नपर्ला । त्यसोत बोनश शेयर बितरण गर्दा कम्पनीको पुँजी बढ्ने हुन्छ । यस बर्ष जति बोनश शेयर दिएको छ अर्को बर्ष पनि बोनश शेयर वा नगद लाभाश दिनको लागि कम्पनीले नाफाको अनुपात बढाउन पर्ने हुन्छ । यदि पँजी बृद्धिको अनुपातमा नाफा बढाउन सकेन भने लाभाश बितरणमा कमि आउने हुन्छ र कम्पनीहरु दवाबमा पर्ने गर्छन ।
तर, नगद लाभाशमा भने अर्को बर्ष जति आम्दानी बढाउन सक्यो भने शेयरधनीहरुले पनि त्यहि अनुपातमा बढि लाभाश पाउने हुन्छ । त्यसो त कम्पनिको पुँजी बढाउन पर्ने कम्पनीहरुको लागि भने बोनश शेयर दिदा राम्रो एकातिर शेयरधनीहरुले पनि बोनश शेयर पाउने अर्कोतिर कम्पनीको पुँजी पनि बढ्ने तर कम्पनीको नाफा बढ्यो भने प्रति शेयर आम्दानीमा नेगेटिभ असर पर्नै सक्छ । आर्थिक बर्ष २०८०/०८१ ग्लोवल बैकले ५.५प्रतिशत बोनश शेयर शेयरधनीहरुलाई दिने बोनश शेयरले कम्पनीको पँजी बढ्ने भएकोले अर्को बर्षमा त्यहि अनुपातमा शेयरधनीहरुलाई लाभाश दिनको लागि यहि अनुपातमा नाफ बढाउन पर्ने हुन्छ नभए अर्को बर्षको लाभांशमा असर पर्ने हुन्छ । पुँजी बढेको अनुपातमा नाफ बढाउन सकेन भने कम्पनीको प्रतिशेयर आम्दानि घट्ने हुन्छ भने यसको असर शेयरबजारमा समेत पर्ने हुन्छ ।
बिगतमा पनि बैक तथा बित्त कम्पनीहरुले केन्द्रिय बैकको दवाबमा पुँजी बृद्धि गर्न परेकोले बोनश शेयरहरु मात्र बितरण गर्दा र कम्पनीहरु एक आपसमा मर्जर र एक्वाएर गर्दा शेयरबजारमा नकारात्मक असर परेको थियो । कम्पनीहरुको मर्जरले गर्दा शेयरधनिहरुसँग एकै कम्पनीको धेरै शेयरहरु भएको कारणले बिक्री चाप बढेको कारणले शेयरको मुल्यमा गिरावत देखा परिरहेका छन् । एक त नेपाल राष्ट्र बैंकको नीति शेयरबजार मैत्री भएन यसेले पनि शेयरबजारले गतिलिन सकिरहो छैनन् । बिगतमा कम्पनीहरु मर्जर र एक्वार नभएको समयमा बैंकहरुको शेयर भाउ बजारमा हजार एघार सयको हाराहारीमा थियो । मर्जरपछि शेयरधनीहरुसँग एउटै कम्पनीको शेयरको थुप्रो भएको कारणले बजारमा बिक्री चाप बढेकाले बाणिज्य बैंकहरुको शेयरको भाउ नै डेड २ सयमा झरिसकेको छन् । यसले लगानीकर्ताहरुको अरबौं लगानी डुबिसकेका छ । तर, नेपाल राष्ट्र बैंक भने तमासे भइरहेका छन शेयरबजारका नियामक निकाय हरुको दरिद्रताले असक्षमताले अकर्मन्यताले गभर्नरको हठको कारणले लगानीकर्ताहरु निराश भइसकेका छन् । त्यसोत शेयरबजारमा नेप्से घटबढ भइरहन्छ । नेप्से कहिले बढ्छ त कहिले घट्छ पनि यो शेयरबजारको बिशेषता हो । शेयरबजारमा नेप्से घट् पछि बढ्छ पनि बढे पछि घट्छ पनि । कतिपय बिज्ञ बिश्लेषकहरुको भनाइमा शेयरबजार भनेको कृष्णको चक्रर जस्ते घमिरहन्छ भनेर पनि भन्ने गर्दछन । यसलाइ चक्रिय प्रणालि भनेर पनि कतिपय जानकारहरु बताउँछन ।
Shares