एनआईसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: १४ असोज २०८०
Image description

काठमाडौं । एनआईसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (असोज १५, गते सोमबार) रहेको छ। बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज १६ गते बुकक्लोज गर्दैछ।

त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारणसभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

एनआईसी एशियाले असोज २८ गते, आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा २६ औँ वार्षिक साधारणसभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर