कृति भेन्चर फन्डको साधारणसभा आज, आईपिओ निष्काशनको प्रस्ताव पारित हुँदै

अर्थकागज
प्रकाशित: ०७ जेठ २०८१
Image description

काठमाण्डौ । सर्वसाधारणहरुका लागि आईपिओ निष्काशनको प्रस्ताव सहितका प्रस्तावहरु पारित गर्न कृति भेन्चर फन्ड लिमिटेडको साधारणसभा आज टिम कर्पोरेट सेन्टर गैरीधारा, काठमांडौमा दिनको ४ बजेबाट सुरु हुनेछ ।

कम्पनीको बैशाख ७ गते बसेको संचालक समिती बैठकले आज जेठ ८ गते मंगलबारलाई साधारणसभा डाक्ने निर्णय गरेको थियो ।

सभाले आईपिओ निष्काशनसहित गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरिएको लाभांश, आईपिओ निष्काशन कार्यकालागि कम्पनीको तर्फबाट अख्तियारी दिने लगाएका प्रस्तावहरु पारित गर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर