सिद्धार्थ प्रिमियरको सिईओ बीरेन्द्र बैदरवार क्षेत्रीको तलव/भत्ता १ करोड ४५ लाख, संचालकको बैठक भत्ता कति ?

अर्थकागज
प्रकाशित: १४ फागुन २०८१
Image description

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईआ) लाई तलव भत्ता बापत १ करोड ४५ लाख ६६ हजार ६०७ रुपैयाँ भुक्तानी गरेको छ । आर्थिक वर्ष २०८०/८१ को लागि कम्पनीका सिईओ बीरेन्द्र बैदरवार क्षेत्रीलाई उक्त रकम बराबरको तलव भत्ता भुक्तानी गरेको हो ।

त्यसै गरी संचालक समितिका सदस्यहरुलाई यस आर्थिक वर्षमा बैठक भत्ता वापत १६ लाख १४ हजार रुपैयाँ कम्पनीले भुक्तानी गरेको छ । प्रति बैठक अध्यक्षको भत्ता १७ हजार रुपैयाँ र अन्य सदस्यहरुको प्रति बैठक भत्ता १५ हजार रुपैयाँ रहेको छ । कम्पनीले यस आर्थिक वर्षमा अन्य पदाधिकारीहरुलाई पारिश्रमिक भत्ता तथा सुविधा वापत २ करोड २८ लाख ४८ हजार ५१० रुपैयाँ भुक्तानी गरेको छ । त्यसै गरी कम्पनीको अन्य समितिको बैठक भत्ता १५ लाख ९० हजार रुपैयाँ रहेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर